ओप्पोद्वारा फ्युचरिस्टिक फ्लुइड डिजाइनमा नयाँ रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ?

ओप्पोद्वारा फ्युचरिस्टिक फ्लुइड डिजाइनमा नयाँ रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ?

केन्द्रबिन्दु
33
Shares

ओप्पोले नयाँ एआई फोन रेनो१२ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सार्वजनिक भएको हाे । एआई फोनको परिकल्पनालाई तिव्र बनाउन ओप्पोको लागि यसले इन्डस्ट्री–लिडिङ जेनएआई विशेषताहरू सहित उत्पादनशीलता र सिर्जनशीलताको नयाँ सम्भावनाहरू खोल्नेछ ।

रेनो१२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च–शक्ति एलोय फ्रेमवर्क जस्ता विशेषताहरू छन्, जसले नयाँ आकर्षक लुक सिर्जना गर्दा रेनो श्रृंखलामा सबैभन्दा मजबुत डिजाइन समावेश गरेको छ जसले झर्दा मोबाइलमा आउने समस्या, दबाब, र पानीबाट सुरक्षित राख्दछ । यी दुई मोडलहरुमा ४एनएम मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म पनि छ जसले विशेष पावर दक्षता प्रदान गर्दछ ।

ओप्पोको ८० वाट सुपरभोक्टम फ्ल्यास चार्ज प्रविधि र रेनोे सिरिजको इतिहासमा सबैभन्दा उच्च इनर्जी डेन्सिटी ५००० एमएएच् ब्याट्री सहित नयाँ रेनो१२ ले अल्ट्रा–लङ्ग ब्याट्री लाइफ, फास्ट चार्जिङ, र चार वर्षसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ, साथै रेनो सिरिजको प्रयोगात्मक, टिकाउपन, र ट्रेन्ड–सेटिङ शैली जारी राखि रहनेछ ।

रेनो१२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधाहरू समेटेको छ जसमा अपडेट गरिएको एआई इरेजर समावेश छ, यसको मद्दतले प्रयोगकर्ताहरूल अनावश्यक व्यक्तिहरू र वस्तुहरूको पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्तिहरूलाई सजिलैसँग हटाउन सक्छन् ।

यसका साथै, रेनो१२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ । एआई क्लियर फेसले ग्रुपको सबै व्यक्तिहरूलाई, क्यामेराबाट टाढा रहेका व्यक्तिहरूसम्म स्पष्टताका साथ कैद गर्दछ र अनुहारको आकृति, कपाल, र आँखीभौहरु जस्ता विवरणहरूलाई पुर्नस्थापित गर्दछ । अर्को तर्फ, एआई बेस्ट फेसले फोटोमा बन्द व्यक्तिहरूको आँखालाई पहिचान गर्न सक्छ र परिष्कृत जेन आई प्रविधिको प्रयोग गरेर तिनीहरूलाई सुधार्न सकिन्छ, जसले गर्दा कुनै पनि ग्रुप फोटो बेकार जाँदैन ।

अझ बढी रचनात्मक सम्भावनाहरूका लागि, एआई स्टुडियोले केवल एउटा प्रयोगकर्ताको फोटोबाट डिजिटल वा कलात्मक पोर्ट्रेट शैलीहरू सिर्जना गर्न सक्छन् । प्रयोगकर्ताहरूले आफूलाई काउब्वाइ, साइबरपंक मेग्य स्टार, तथा नयाँ जेन एआई क्षमताहरूको प्रयोग गर्दै अन्य धेरै शैलीहरूमा पुनःकल्पना गर्न सक्नेछन् ।

फोटो सुधारको साथसाथै, रेनो १२ मा एआई समावेश गरेर थप दक्षता र रचनात्मकता ल्याएको छ । स्मार्ट साइडबारमा गुगल जेमिनी र लार्ज लाङ्ग्वयज मोडलमा आधारित, एआई टुलबक्स थपिएको छ, जसले शक्तिशाली क्षमताहरूको पहिचान गरी त्यसको प्रयोग गरेर स्क्रिनमा भएका सामग्रीलाई सोसल मिडियाको लागि बनाउन अथवा लामो लेखहरूको कन्टेन्ट समराइजलाई बुझ्न र त्यसअनुसार एआई सुविधाहरू सिफारिस गर्न मद्दत गर्दछ, जस्तै रेकर्डिङ एपमा, प्रयोगकर्ताहरूले अब नयाँ एआई रेकर्डिङ समरी टुलको प्रयोग गरेर भ्वाइस रेकर्डबाट टेक्स्ट समराइज बुद्धिमानीपूर्वक निकाल्न र तिनीहरूलाई नोटहरूमा व्यवस्थित गर्न सक्छन्, जसमा कार्य सूची, समय, स्थानहरूको जानकारी र अन्य विवरणहरूलाई हाइलाइट गरी राम्रोसँग पढ्नको लागि फर्माट बनाउन सकिन्छ ।

रेनो शृङ्खलालाई भविष्यमा दृढतापूर्वक लिएर जाने रेनो१२ को अगाडि स्पेस–एज सिल्भर एक्सटेरियरको वरिपरि केन्द्रित बोल्ड डिजाइन रहेको छ । रेनो१२ पछाडिको ग्लास प्यानल ओप्पोको फ्लुइड रिपल टेक्सचरले बनाइएको छ, जसले पोखरीमा पानी बग्ने थ्रीडी जस्तो अनुभूति सिर्जना गर्दछ । पारालाक्स इफेक्टको प्रयोगले रेनो सिरिजको पहिचान बनेको मिरर–स्मूद टेक्सचर जस्तै अनुभुतिलाई कायम राख्दै यो दृश्य अनुभूति हासिल भएको सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

सिल्भर लुकको अतिरिक्त, यो थप दुई कलर अप्सनमा उपल्ब्ध छ । यो फोनमा सनसेट पींकले ओप्पोको ग्राफिक लिक्विड क्रिस्टल प्रयोग गरी २०२४ को कलर अफ द इयर, पिच फज समावेश गरिएको छ । थप क्लासिक लुकको लागि, म्याट ब्राउनले फिंगरप्रिन्ट–रहित फिनिशमा रिच कोको ह्यु फिचर गरिएको छ । रेनो१२ प्रोमा, सनसेट गोल्ड र स्पेस ब्राउन दुबैमा दुई–टोन म्याट–ग्लस डिजाइन छ जसमा दुई भागहरू स्वभाविक रूपमा फोनको पछाडि तेर्सो रूपमा चलिरहेको सुन्दर मेटालिक रिबनद्वारा अलग गरिएको छ ।

यो फोन ६.७ इन्च, १२० एचजेड ओलिड डिस्प्ले जसमा हार्डवेयर स्तरको कम नीलो प्रकाश आँखा सुरक्षा प्रदान गर्दै १.०७ बिलियन रङहरू प्रदर्शन गर्न सक्षम छ । यसमा ओप्पोको प्लास टच प्रविधि थपिएको छ जसले स्क्रिन वा प्रयोगकताहरुले हात भिजेको अवस्थामा पनि स्क्रिनलाई सही रूपमा मोबाइलमा काम गर्न सक्नेछन् ।

रेनो१२ नेपालमा एस्ट्रो सिल्भर र म्याट ब्राउनमा उपलब्ध हुनेछ । १२ जीबी र्याम प्लस ५१२ जीबी रोम संस्करणको ६५ हजार ९९९ रुपैयाँ पर्दछ, जुन हरेक रिटेलर स्टोरमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।

Logo