जनताको जलविद्युत: प्रधानमन्त्रीले आज एक सय कित्ता शेयर किन्दै

जनताको जलविद्युत: प्रधानमन्त्रीले आज एक सय कित्ता शेयर किन्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तर्गतको शेयर  खरिद गर्ने  भएका छन्  ।

आजबाट बिक्री खुला भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको शेयरका लागि प्रधानमन्त्री ओलीले रु १० हजार बराबरको शेयर खरिद आवेदन दिन लागेको बताइएको छ । उनले ग्लोबल आईएमई क्यापिटलमार्फत शेयरका लागि अनलाइन आवेदन भर्ने जनाइएको छ । यसैगरी ऊर्जामन्त्री वर्षमान पुनले पनि सो आयोजनाको शेयरका लागि आजै पहिलो चरणमा आवेदन दिने बताइएको छ ।

प्रधानमन्त्री र ऊर्जामन्त्री दुवैले आज बिहीबार बिहान करिब १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने स्रोतको दाबी छ ।

सरकारले  गत फागुन २ गते ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनारासहित  ‘जनताको जलविद्युत’ कार्यक्रमको घोषणा गरेको थियो।त्यसबखत नै प्रधानमन्त्री ओलीले पहिलो शेयर आफूले किन्ने वाचा गरेका थिए।

यस कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजनाको एक खर्ब रुपैंया बराबरको शेयर जनतालाई दिने सरकारी तयारी छ । जस अनुसार ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्ने र शुरुमा १० प्रतिशत शेयर दिने भएको छ ।

माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाले पहिलो चरणमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत आजदेखि शेयर निष्काशन गरेको हो । यो कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड रहेको छ । जसको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख रुपैंया बराबरको शेयर बिक्री गरिँदै छ । यस अनुसार प्रति कित्ता एक सय रुपैंया दरका ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । कम्पनीले ३ प्रतिशत साधारण शेयर कर्मचारीका लागि छुट्याईएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिए ।

 

यो पनि 

त्रिशूली थ्री ‘बी’: एक बर्षको प्रगति २९ प्रतिशत, १० रुपैंयामै शेयर !

Skip This
Skip This
Logo