काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका सीईओ सुनिल केसीले वातावरणीय सन्तुलनका विषयमा सचेत भएर सरकारले लिएको नीति नाडा अटो शोमा प्रकट भएको टिप्पणी गरेका छन् ।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘बैंकहरुले ऊर्जा क्षेत्रमा ३५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ उनले भने, ‘उत्पादित ऊर्जाको उपभोगको कुरा पनि छ, ईभीको बढ्दो आयात र बिक्रीले इकोसिस्टमलाई सपोर्ट गर्छ भन्नेमा म विश्वस्त छु ।’
अर्थतन्त्र सुस्ताएको अवस्थामा नाडा अटो सोले बैंकिङ क्षेत्रलाई पनि एक हदसम्म भाइब्रेन्ट गरेको अध्यक्ष केसीले जानकारी दिए । ‘चार्जिङ स्टेसनलगायतका पूर्वाधार खडा गरेर विद्युतीय सवारीको व्यवसायलाई दीगो बनाउनेतर्फ सम्बद्ध व्यवसायी लाग्नुपर्छ,’ उनले भने, ‘बैंकिङ क्षेत्र सँगै अगाडि बढ्न तयार छ ।’





























प्रतिक्रिया