एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरूको डाटा थप सुरक्षित, पीसीआई–डीएसएस भर्सनमा स्तरोन्नति

एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरूको डाटा थप सुरक्षित, पीसीआई–डीएसएस भर्सनमा स्तरोन्नति

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरूको डाटा सुरक्षा अझ बढी मजबुत हुने भएको छ । डाटा सुरक्षालाई थप मजबुत बनाउन बैंक पीसीआई–डीएसएस भर्सनमा स्तरोन्नति भएको छ । बैंकले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी ३.२.१ भर्सनबाट पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति भएको छ । यस स्तरोन्नतिसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।

बैंकले सन् २०२३ देखि नै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीचद्वारा सञ्चालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नका लागि डेबिट र क्रेडिट [भिसा र मास्टरकार्ड] छन् । जुन कार्डहरू नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ । अन्य विदेशी भुक्तानीका लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । त्यसैगरी एटीएम, पीओएस तथा ई–कमर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिका लागि भिसा, मास्टरकार्ड, चाइना युनियनपे स्वीकार गर्दछ ।

बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताका लागि प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्र रूपमा मूल्यांकन गर्नका लागि बैंकले पानासिया इन्फोसेक प्रालिलाई नियुक्त गरेको थियो ।

Skip This
Skip This
Logo