लिटमस केबल्सले नजिकिँदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ ।
यो योजना अन्तर्गत ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेशीन, राइस कुकर, ब्याग प्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५,००० बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी पठाउनु पर्ने कम्पनीले जनाएको छ ।
यसका साथै, बम्पर लक्की ड्रमार्फत सहभागीहरुले टीभी, वासिङ्ग मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । यो योजना भदौ १५ देखि असोज ३० सम्म लागू हुने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया