विद्युतीय सवारीसाधनको प्रवर्द्धननमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपद्वारा आयोजित ‘दिगो अटो कार्निभल’ आजबाट सुरु भएको छ ।
बल्खुको मोर्डन पार्टी प्यालेसमा दीगोका संस्थापक राजन रायमाझी र सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका प्रबन्धक प्रविन खतिवडाले रिबन काटेर गरे कार्निभलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उक्त कार्निभल आगामी शनिबार सम्म चल्ने छ ।
कार्निभलमा पुराना सवारीसाधनलाई नयाँ बिद्युतिय सवारीसाधनसँग एक्सचेन्ज गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने पनि दिगो ग्रुपले जनाएको छ ।
कार्निभलमा ग्रुपले आफ्ना विभिन्न विद्युतीय गाडीहरूको प्रदर्शनी गर्नेछ । सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाउनेछन्, जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ ।
प्रतिक्रिया