काठमाडौँ । टाटा मोटर्सले माइक्रो एसयूभी पन्चलाई अपडेट गरेर पन्च फेसलिफ्ट ल्याउन लागेको छ । मिडिया रिपोर्टका अनुसार टाटाले हालको प्योर रिदम, अकम्पलिस्ड, अकम्पलिस्ड सनरुफ र क्रियटिभ ट्रिमलाई बन्द गर्ने सम्भावना देखाएको छ । यसको सट्टा पन्च अब प्योर (ओ), एड्भेन्चर एस र एड्भेन्चर प्लस एस ट्रिममा उपलब्ध हुने बताइएको छ ।
यसमा नयाँ एलईडी डीआरएलहरू सहित पुनः डिजाइन गरिएको फ्रन्ट फेसिया उपलब्ध हुनेछ । कारको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जिङ र सनरुफको साथ ठूलो १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली सामेल गरिनेछ । पन्च फेसलिफ्ट पहिलेको जस्तै १.२ लिटर पेट्रोल इन्जिनको साथ आउनेछ । कम्प्याक्ट एसयूभीले फ्याक्ट्री फिटेड सीएनजी विकल्प पनि पाउने बताइएको छ ।





























प्रतिक्रिया