आईएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सवारीसाधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी

आईएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सवारीसाधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । आईएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सत्तरी प्रतिशतसम्मको सवारीसाधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारीसाधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र रिटेल तथा एसएमई प्रमुख नवीन्द्र केसी र आईएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो ।

यस समझदारीमार्फत दुबै कम्पनीहरूको ग्राहक केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँचयोग्य फाइनान्सिङको सुविधा उपलब्ध भएको छ ।

सम्झौताअनुसार ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सवारीसाधनको कूल मूल्यको सत्तरी प्रतिशतसम्मको फाइनान्सिङ प्राप्त गर्न सक्नेछन् । यो साझेदारीले दुबै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासँगै सुलभ र प्रभावकारी फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ भने समझदारीले सवारीसाधनको स्वामित्वको पहुँचलाई विस्तार गर्नेछ र अटोमोबाइल क्षेत्रको विकासलाई थप प्रर्वद्धन गर्ने बताइएको छ ।

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिङ सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले आईएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिङ सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकतालाई पूरा गर्न तत्पर रहेको बताएका छन् ।

Skip This
Skip This
Logo