काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अगाडि बढाएको छ ।
यसअघि रिक्त रहेको अध्यक्ष पदमा पुरानै प्रक्रियालाई निरन्तरता दिँदै अर्थ मन्त्रालयले सर्टलिस्टमा परेका तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो ।
मन्त्रालयले एक सूचना प्रकाशन गर्दै अध्यक्ष पदका तीन जना दाबेदारलाई असोज १८ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ । अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेप्सेका वर्तमान सीईओ कृष्णबहादुर कार्की र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई बोलाइएको छ ।
यसअघि सामुहिक रूपमा उनीहरूले अन्तर्वार्ता बहिष्कार गरेका थिए । तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले यसअघिको प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरुवात गर्ने निर्णय गरेको थियो । सो निर्णयलगत्तै सरकार ढलेपछि नयाँ बनेको सरकारले पुरानै प्रक्रिया अनुसार प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बोर्ड अध्यक्षविहीन हुँदा बोर्डका धेरै काम कारबाही प्रभावित बनेका छन् । अध्यक्ष नियुक्तिसँगै रोकिएका कार्यहरू अगाडि बढ्ने आम लगानीकर्ताको अपेक्षा छ ।





























प्रतिक्रिया