काठमाडौं । नेपाल-इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले काठमाडौंमा कोलकातास्थित इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग उच्चस्तरिय द्विपक्षीय बैठक सम्पन्न गरेको छ ।
बैठकमा एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थिइन् । बैठकमा नेपाल र इटालीबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा जोड दिइएको थियो ।
बैठकमा आगामी व्यापार मेला र व्यवसायिक फोरमहरूको योजना पनि बने, जसले सीमापार लगानी र साझेदारीका अवसरहरूलाई प्रोत्साहित गर्नेछ ।
दुवै पक्षले आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन साझा दृष्टिकोण पुनः पुष्टि गरे, जसले नेपाल र इटालीबीचको द्विपक्षीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्ने र दक्षिण एशियाली बजारमा पनि संलग्नता विस्तार गर्ने सम्भावनाहरू खोज्ने उद्देश्य राखेको बताइएको छ ।
प्रतिक्रिया