काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एशोसिएशनको १५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ ।
सोमबार दिउँसो काठमाडौंको नक्सालमा सम्पन्न वार्षिक साधारण सभाले एनआईसी एशिया क्यापिटल लिमिटेडका रामेन्द्र रायमाझीको नेतृत्वमा छैंठौं कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडका मनिस नारायण जोशी, महासचिवमा गरिमा क्यापिटल लिमिटेडका निर्मल भट्टराई र कोषाध्यक्षमा एनआइएमबी एस क्यापिटल लिमिटेडका शिवान्त ब. पाडे चयन भएका छन् ।
यसैगरी सदस्यमा सन्दीप कार्की, लेखनाथ पोखरेल र पुष्पा शर्मा रहेका छन् ।
विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू समेत सामेल रहेको उक्त नयाँ कार्यसमिति सदस्यहरुले नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उक्त समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहनेछ ।
उक्त सभाको निर्वाचन प्रक्रिया सकारात्मक र सहकार्यपूर्ण वातावरणमा सम्पन्न भएको थियो जसले संघको एकता र भविष्यप्रतिको साझा दृष्टिकोणलाई झल्काएको छ । नव निर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवालाहरू र नियामक निकायहरूसँग नेपाल मर्चेन्ट बैंकर एशोसिएशनको सहकार्यलाई अझ बलियो बनाउन लक्ष्य राखेको छ ।
प्रतिक्रिया