रियलमीको शून्य प्रतिशत ईएमआई अफर

रियलमीको शून्य प्रतिशत ईएमआई अफर

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ईएमआई योजना ल्याएको छ ।

आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।

यस अफरअन्तर्गत रियलमीका फोनहरूमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ । रियलमीको हेड अफ स्ट्राटेजी मुनिश गिरीले भने “हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरूमा सुपथ मूल्यमा अत्याधुनिक प्रविधिको पहुँच पुर्‍याउने हो । शून्य ब्याजको यो नयाँ ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउनेमा हामी ढुक्क छौँ । हामीलाई विश्वास छ कि दशैँ तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ ।”

यो अफर घटस्थापनादेखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागू भएको छ । यस अफरअन्तर्गत रियलमीका २० हजारभन्दा माथिका फोनहरूमा ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

Logo