काठमाडौँ । उमङ्गले भरिएको यस चाडपर्वको समयमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैँ तिहार २०८१’ अभियान ल्याएको छ ।
असोज १७ गतेदेखि कार्तिक २२ गतेसम्म ३६ दिनको अवधि भएको यस महाअभियानमा सेवाग्राहीहरूले आइएमई पेबाट विभिन्न करोबारहरू गरेर बाइक, आइफोन १६ र होम अप्लायन्सेस र विभिन्न ग्याजेट जस्ता पुरस्कारहरू जित्न सक्नेछन् ।
यस अभियानमा दैनिक, साप्ताहिक, बम्पर र मेगा बम्पर गरी ४ थरीको पुरस्कारहरू छन् । सर्तअनुसार कारोबार–सेवा वा अरू कुनै पनि कारोबार गरी ती पुरस्कारहरू जित्न सकिन्छ । आफ्नो आइफोन १६ मा कुनै पनि बैंकको खाता लिंक गरेका सेवाग्राहीहरूलाई यी पुरस्कारहरू जित्ने डबल मौका पनि पाइने बताएको छ ।
यस अभियानमा सहभागी भएर सुविधाजनक र सुरक्षित डिजिटल भुक्तानीका फाइदाहरू मात्र नभई विभिन्न बहुमुल्य पुरस्कारहरू जित्ने मौका पनि पाउन सकिने जनाइएको छ ।





























प्रतिक्रिया