सिटिजन लाइफद्वारा आयोजित सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्गको नवौं संस्करण सम्पन्न

सिटिजन लाइफद्वारा आयोजित सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्गको नवौं संस्करण सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्गकोे नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त सीप र ज्ञान विकासमूलक कार्यक्रम भाद्र महिनामा तीन दिनसम्म काठमाडौंकोे बौद्धस्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु थियो ।

यस क्षमता वृद्धि कार्यक्रम जोखिमाङ्कन, दाबी, बीमालेख तथा बीमाङ्कीय, ग्राहक सेवा, कानुन तथा सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्ड लगायत अन्य दैनिक व्यापार सञ्चालनका लागि महत्त्वपूर्ण विषयहरुको बारेमा मुख्य गरी नयाँ शाखा प्रमुखहरुलाई अवगत गराउनका लागि सञ्चालन गरिदै आएको छ ।

उक्त कार्यक्रममा उपस्थित शाखा प्रमुखहरुलाई आवश्यक कक्षा र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभाग प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा ३ दिनसम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै कम्पनीको व्यवस्थापन टिमले ३० जना शाखा प्रमुखहरुलाई आफ्नो विशेषज्ञता प्रदान गरेका थिए । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मेहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरेका थिए ।

कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम, डिर्पाटमेन्ट हेड, टिम हेड सहितको समुपस्थितिमा ३ दिने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।

Logo