टाटा मोटर्सको दशैंमा ७५१ गाडी डेलिभरी

टाटा मोटर्सको दशैंमा ७५१ गाडी डेलिभरी

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । यो दशैंमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ ।

यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ्ग लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ । शुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।

सिजापतिका अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ । टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेंटको सर्वाधिक बिक्री भएको मोडल हो ।

यो दशैंमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको कम्पनिले जनाएको छ । विशेषगरी महिलाहरु र पहिलो गाडी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको टियागो ईभीको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर इभिको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

यो दशैंमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ ।

Logo