काठमाडौं । एमजीले नयाँ इलेक्ट्रिक एसयूभी ईएस५ चिनियाँ अटो बजारमा सार्वजनिक गरेको छ ।
एसएआईसीको नेबुला प्योर इलेक्ट्रिक आर्किटेक्चरमा आधारित यस एमजी ईएस५को मूल्य १४ हजार १ सय देखि २१ हजार २ सय अमेरिकी डलरसम्म पर्ने अनुमान लगाइएको छ ।
फेमिली कम्प्याक्ट एसयूभीको रुपमा लिइने सो एसयूभीमा फाइभ लिंक रियर सस्पेन्सन सिस्टम छ भने यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४४७६, १८४९ र १६२१ एमएम छ भने ह्विलबेस २७३० एमएम छ । यले सिंगल चार्जमा ४२५, ५१५ र ५२५ किलोमिटर रेन्ज दिने कमपनीको दाबी छ ।
यसको फ्रन्टमा रहेको फेस डिजाइनलाई स्लेन्डर सार्प हेडलाइट र तलतिर स्प्लिट ग्रिलसँग पेयर गरिएको छ । त्यसैगरी यसमा कन्भेन्सनल डोर ह्यान्डल, ब्ल्याक एक्सटेरियर साइड मिरर, सिल्भर रुफ लगेज र्याक र वाई आकारको थ्रु टाइप लाइट रहेको छ ।
यसमा क्याटल र एसएआईसीको ज्वाइन्ट भेन्चरमा निर्माण गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्याक प्रयोग गरिएको छ, जुन ४९.१ वा ६२.२ किलोवाट आवर क्षमतामा उपलब्ध रहेको कम्पनीको भनाई छ ।





























प्रतिक्रिया