सुरु नहुँदै विवादमा एनपीएल, आमिर अख्तरले क्यानलाई गरे पत्राचार

सुरु नहुँदै विवादमा एनपीएल, आमिर अख्तरले क्यानलाई गरे पत्राचार

केन्द्रबिन्दु
222
Shares

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलोपटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सुरु नहुँदै विवादमा मुछिएको छ । पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा दर्ता रहेको र त्यसको नामसारी गर्न भन्दै क्यानलाई पत्राचार गरेका हुन् ।

‘एनपिएलको एकल सेयरधनी, नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्टारको कार्यालय कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा (१) बमोजिम दर्ता नम्बर १२११९२/०७०/०७१ अनुसार एनपिएल मेरो एकल स्वामित्व भएको एनपिएल र सोसम्बन्धी सम्पूर्ण अधिकार मेरो हुनेछ भनी कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त प्रमाण पत्र प्राप्त गरेको कुरा त्यहाँ समक्ष पुन: अवगत गराउन चाहन्छु,’ अख्तरले क्यानलाई लेखेको पत्रमा भनिएको छ।

Logo