तीन महिनामा एनएमबी बैंकको नाफा १ अर्ब ४५ करोड बढी, कस्ता छन् अन्य सूचक ?

तीन महिनामा एनएमबी बैंकको नाफा १ अर्ब ४५ करोड बढी, कस्ता छन् अन्य सूचक ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौैं । एनएमबी बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १ अर्ब ४५ करोड ५६ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै तीन महिनामा उक्त नाफा आर्जन गरेको जानकारी दिएको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अन्य सूचकहरू पनि सकारात्मक देखिएको छ । बैंकको उक्त नाफा गत आर्थिक वर्ष २०८०/८१ को तुलामा १८.९४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको मुनाफा ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब २३ करोड ४ लाख रुपैयाँबाट घटेर १ अर्ब ९९ करोड ७९ लाख पुगेको छ ।

यस्तै, समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ र जगेडा कोष १० अर्ब ८६ करोड, वितरणयोग्य नाफा २८ करोड ३६ लाख र खराब कर्जा ३.६३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९५ पैसा रहेको छ ।

कम्पनीको सञ्चालन नाफा २६.५३ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको उक्त नाफा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ मात्र थियो ।

Logo