काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको वित्तीय विवरण वाणिज्य बैंकहरुले सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार नाफा आर्जनमा बैंकहरुले उल्लेख्य सुधार गरेको देखिएको हो ।
आज अर्थात् (बुधकार) सार्वजनिक गरेको भएको उक्त विवरणले तीन महिनाको अवधिमा २० बैंकले १६ अर्ब १८ करोड ९४ लाख १३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको देखिएको छ । वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको मुनाफामा २०.१८ प्रतिशतले बृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा उक्त बैंकहरुले१३ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंकरले प्रशासन गरेको विवरणले आफ्नो आम्दानीमा वृद्धिमा आक्रामक भएर लागेको देखिएको छ ।
तथ्याङ्क अनुसार नाफा कमाउने अग्र स्थानमा नबिल बैंक रहेको छ, । आर्थिक वर्ष सुरु भएको तीन महिनामा बैंकले दुई अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको मुनाफा ३९.९७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।
नाफा अर्जन गर्न दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । सो बैंकले एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आवको तुलनामा २३.३६ प्रतिशतले बृद्धि भएको हो ।
यसैगरी धेरै मुनाफा कमाउने बैंकहरुको सूचिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । सो बैंकले एक अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । प्राइम बैंकले पनि नाफा कमाउने बैंकको अग्र स्थानमै आफ्नो नाम राख्न सफल भएको छ । यस बैंकले तीन महिनामा एक अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरणले देखाएको छ ।
यसका साथै एनएमबी बैंकले एक अर्ब १४ करोड र एभरेष्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ कमाएका छन् । त्यस्तै, कुमारी बैंकले एक अर्ब सात करोड, प्रभु बैंकले एक अर्ब चार करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले ८६ करोड, नेपाल एसबीआई बैंकले ८१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यसैगरी हिमालयन बैंकले ७२ करोड, नेपाल बैंकले ६० करोड, लक्ष्मी सनराईज बैंकले ५३ करोड, माछापुच्छ्रे बैंकले ५० करोड, सानिमा बैंकले ३९ करोड, सिद्धार्थ बैंकले ३८ करोड र सिटिजन बैंकले १९ करोड रुपैयाँ कमाए विवरणले देखाएको छ ।
यसका साथै, कृषि विकास बैंकले १९ करोड, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड र एनआईसी एसिया बैंकले ११ करोड रुपैयाँ मुनाफा सुनिश्चित गर्न सफल भएका छन् ।





























प्रतिक्रिया