युनिभर्सलको आइपीओ मागे जति नपाइने

युनिभर्सलको आइपीओ मागे जति नपाइने

केन्द्रबिन्दु
0
Shares

युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले ‘छिटोमा ‘ तोकिएको समय अवधिभित्र आवश्यक आबेदन नपरेपछि म्याद थप गरेको थियो ।

आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले आज बिक्रि बन्द गर्न लागिएको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ । कम्पनीले माघ २५ गतेदेखि आईपिओ निष्काशन गरेको थियो  ।

आइपीओमा फागुन ७ गतेसम्म १ लाख १ हजार ९ सय ६६ आबेदकबाट ८९ लाख ४४ हजार ४ सय ४० कित्ताको लागि आबेदन परेको छ। सर्वसाधारणका लागि मात्रै भनेर युनिभर्सलले ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता छुट्याएको थियो ।

कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । माग गरिए भन्दा बढी आवेदन परेकोले  केहि आवेदकले माग गरे भन्दा कम कित्ता शेयर पाउने निश्चित छ ।

आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।

कम्पनीको अबस्था 

दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन यस आयोजनाबाट ३३ करोड बिद्युत बिक्री गर्ने कम्पनीको लक्ष्य लिएको छ। यस कम्पनीको नेतृत्वकर्ता सीडिईबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले  यस अघि नै लमजुङ्ग बिद्युत विकास कम्पनीबाट  स्याङ्गे जलबिद्युत आयोजना १८३ कि.वा., राधी जलबिद्युत कम्पनी लिमिटेड बाट ४.४ मे.वा. को राधी जलबिद्युत आयोजना र बुटवल पावर कम्पनीसंग मिलेर खुदी ४ मे.वा. को आयोजना निर्माण गरेको थियो ।

स्मरण होस् राधी जलबिद्युत कम्पनीलाइ सस्तो लागत र छिटो सम्पन्न गरि लाभांस बाड्ने कम्पनीको रुपमा लिईन्छ।  यही कम्पनीले लम्जुंगमा दोर्दी  १ जलविद्युत  आयोजना १२ मे.वा. र रुकुममा ५ मे.वा. को रुकुमगढ आयोजना बनाई रहेको छ ।

यूनिभर्सलले बनाई रहेको तल्लो खारे खोला आयोजनाको पेनस्टक पाइप तर्फ २ हजार २ सय मिटर जडान भइसकेको छ भने पावरहाउसको वाल तथा कोलमको ढलान कार्य अगाडि बढेको छ । आयोजनाबाट उत्पादनहुने बिजुली १३२ केभी  सिंगटी सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया हुने अनुमान छ । कम्पनीले ०७६ साउनदेखि बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

Logo