काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेको पाँचखाल नगरपालिकामा बाढीद्धारा प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।
सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोविन्द उपाध्याय, रजत श्रेष्ठ र विमल गौतम लगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुप प्रतिघर डसना, सिरानी, झुल, जग, वाल्टिन, गिलास र थाल वितरण गरिएको हो ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट संजय तामाङ्ग, अच्युत उप्रेती लगायतको उपस्थिति रहेको थियो । गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको थियो ।





























प्रतिक्रिया