काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले हालै सुरु गरेको “स्काइवर्थ सपना साकार” योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान गरेको छ ।
काठमाडौँको चन्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काइवर्थले बधाई र सम्मान गरेको छ । जहाँबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काइवर्थ उत्पादन खरिद गरेका थिए ।
साथै उक्त अवसरमा स्मार्ट एप्लाएन्सेसका उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालक विकल भट्टराईलाई कदरस्वरुप माइक्रोवेभ ओभन उपहार दिएका थिए । उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो । स्काइवर्थले यस्ता योजनाहरू लगातार गरिरहनेछ ।
यस्ता योजनाहरूले ग्राहकहरूसँग नजिक रहन महत्त्वपूर्ण भूमिका हुन्छ । यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वरुप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गर्दछ, साथै ४० प्रतिशतसम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्दछ ।





























प्रतिक्रिया