काठमाडौँ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले पहिले १२५ किलोवाट क्षमताको आयोनिक ५ उपलब्ध गराइरहेकोमा अब भने १०० किलोवाट क्षमतामै सो ईभी उपलब्ध गराउने भएको हो ।
सो गाडीको मूल्य समेत लक्ष्मी इन्टरकन्टिनेन्टलको वेबसाइटमा सार्वजनिक गरिएको छ । यो १०० किलोवाट क्षमताको आयोनिक ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । हाल उपलब्ध १२५ किलोवाट क्षमताको आयोनिक ईभीको मूल्य १ करोड ३ लाख ९६ हजार रुपैयाँ छ ।
यसमा भएको ११८ इन्चको ह्विलबेसका कारण यो अन्य एसयूभीभन्दा लामो छ । यसको इन्टेरियरमा पनि वातावरणमैत्री मेटरियलको प्रयोग गरिएको छ । आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
यसमा वायरलेस चार्जिङ, फरक खालको स्टेयरिङ ह्विल, आकर्षक इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सोलार चार्जर, ३६० डिग्री क्यामेरा आदि विभिन्न फिचर पाउन सकिन्छ ।





























प्रतिक्रिया