काठमाडौँ । बजारमा सूचीकृत लगानी समूहको कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले यो पटक लाभांश नदिने निर्णय गरेको हो ।
वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ । कम्पनीसँग कुल ७६ करोड ९५ लाख रुपैयाँ लाभांश दिन सक्ने क्षमता रहेको छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८६ रुपैयाँ छ ।





























प्रतिक्रिया