कास्की । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ५२ वर्षीय भरतबहादुर ठकुरीको ठकुरी खाजा घरभित्रबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नगद ७९ हजार ९ सय ७० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया