काटिएको उद्योगहरुको बिजुली लाइन जोड्ने प्राधिकरणको निर्णय

काटिएको उद्योगहरुको बिजुली लाइन जोड्ने प्राधिकरणको निर्णय

केन्द्रबिन्दु
159
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर काटिएको उद्योगहरुको बिजुली लाइन जोड्ने भएको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले उक्त निर्णय लिएको हो ।

लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४ घण्टासम्म प्रयोग गरेको विद्युत्को प्रिमियम महसुल नतिरेको भन्दै प्राधिकरणले अहिले २८ उद्योगमा लाइन काटेको थियाे । सोही क्रममा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टाइम अफ डे (टिओडी) मिटरको तथ्यांकलगायतका आधारमा बक्यौता उठाउन ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो ।

तर, निर्देशन कार्यान्वयन आनाकानीका बीच बोर्ड बैठकले काटिएको उद्योगहरुको बिजुली लाइन जोड्ने निर्णय गरेको हाे ।

Logo