कर प्रशासन र कर्मचारीले जवाफदेही हिसाबले राजस्व संकलन गर्नुपर्छः अर्थमन्त्री

कर प्रशासन र कर्मचारीले जवाफदेही हिसाबले राजस्व संकलन गर्नुपर्छः अर्थमन्त्री

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताएका छन् ।

शनिबार राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले जनताबाट संकलन गरिने करको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका हुन् ।

उनले भने, ‘राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको पनि विषय हो । जनताबाट संकलन गरिने कर त्यसको सही सदुपयोग गरेमात्रै राष्ट्रको समृद्धिको आधार तय हुनसक्छ ।’

साथै उनले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित सबै निकायहरूलाई आग्रह गरे । उनले कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहायता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न र कार्य प्रक्रिया सरलीकरण गर्नका लागि पहलकदमी समेत गर्न आग्रह गरे ।

यसैगरी उनले अर्थतन्त्रको आकार बढ्दै गए पनि सोही अनुपातमा राजस्व संकलन बढ्न नसकेको बताए । उनले कर्मचारी सबैलाई जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनको काममा केन्द्रित हुन निर्देशन दिए ।

Logo