जनकपुर । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधीले बिआरआईलाई चिनियाँ पोलिसी भन्दै अनुदानसम्म ठीक रहेको तर ऋणको रुपमा कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएका छन् ।
शुक्रबार गृह जिल्ला धनुषा आएका प्रतिनिधिसभा सदस्य समेत रहेका निधीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै बिआरआई अनुदानको रुपमा मान्ने र ऋणको रुपमा नमान्ने कांग्रेसको अडिग धारणा रहेको बताए ।
केही दिन अगाडि मात्र चिनियाँ राजदुतले आमन्त्रण गरी निधीलाई डिनरसहित पारिवारिक स्वागत गरेका थिए । नेता निधीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ऋण लिने विषयमा कुनै पनि सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको बताउँदै बिआरआईको विषयमा राष्ट्रिय छलफल पनि आवश्यक रहेको बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि बिआरआईको विषय त्यसभित्रका सन्दर्भ र योजनाहरुबारे छलफल हुनपर्ने बताएका छन् । बुझदै नबुझी हतारमा यस्ता आयोजनाहरुमा हस्ताक्षर गर्न नहुने उनको तर्क छ ।































प्रतिक्रिया