माइडियाः नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा

माइडियाः नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । माइडिया ब्रान्डले नेपाली बजारमा भरपर्दो र गुणस्तरीय चिसो मौसमको लागि विभिन्न इलेक्ट्रोनिक्स सामान उपलब्ध गराउँदै धेरै परिवारहरूको मन जित्न सफल भएको छ ।

अत्याधुनिक वाशिंग मेसिन, वाशर ड्रायर, ऊर्जा-किफायती हिटरहरू र गिजरजस्ता उत्पादनहरूले चिसो मौसमलाई सहज र आरामदायी बनाउँछन् ।

आधुनिक प्रविधि र उपभोक्तामुखी विशेषताहरूले गर्दा माइडिया उत्पादनहरू नेपाली घरपरिवारका लागि पहिलो रोजाइ बन्न पुगेका छन् ।

हिउँदे उत्पादनहरूको विविधता
माइडियाले हिउँदका लागि विशेष उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ । वाशिंग मेसिन र वाशर ड्रायरले चिसो मौसममा लुगा धुने र सुकाउने झन्झट हटाउँछन् ।

डिशवाशरले भाँडा माझ्ने झन्झट हटाएर, समय बचत गर्दै भान्सालाई सफा र व्यवस्थित बनाउँछ । ओएफआर हिटर, पीटीसी हिटर र फ्यान हिटरहरूले घरलाई सुरक्षित र ऊर्जा-किफायती रूपमा न्यानो बनाउँछन् ।

यसैगरी, माइडिया गिजरले छिटो र प्रभावकारी रूपमा तातो पानी उपलब्ध गराउँदै चिसो मौसमलाई झनै आरामदायी बनाउँछ । यी सबै उत्पादनहरू नवीनता, टिकाउपन र आधुनिक डिजाइनमा आधारित छन् ।

विशेष अफर र पहुँच
माइडियाका हिउँदे उत्पादनहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका सोरुमहरू तथा डिलर र वेवसाइटमा उपलब्ध छन् । यस हिउँदलाई थप विशेष बनाउन, माइडियाले आफ्ना उत्पादनहरूमा विशेष छुट र अफरहरू प्रदान गरेको छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब, कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् ।

शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

Logo