आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
बैंकासुरेन्स सम्झौतामा इन्सुरेन्स कम्पनीकातर्फबाट सूदुर पश्चिम प्रदेश प्रमुख श्री सुमन तिमिल्सीना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु रामजैशीले हस्ताक्षर गरेका छन् ।
सो सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चनविकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवनलगायतका बीमा योजनाहरू ल्याएको छ ।





























प्रतिक्रिया