क्यान इन्फोटेकसँगै जुत्ता चप्पल सस्तोमा किन्ने अवसर

क्यान इन्फोटेकसँगै जुत्ता चप्पल सस्तोमा किन्ने अवसर

केन्द्रबिन्दु
0
Shares

राजधानीको भृकुटीमण्डपमा जारी शिखर सुजको जुत्ताचप्पल सेल मेला क्यान इन्फोटेक अबधिभर माघ २३ गते सम्म हुने भएको छ । सूचना प्रविधिको मेलामा आउने उपभोक्तालाई जुत्तासमेत उपलब्ध गराउन जुत्ताको विन्टर सेल मेला इन्फोटेक अबधिभर हुने भएको हो ।

”क्यान इन्फोटेकको अबलोकन गर्न आउनेहरुले भृकुटीमण्डपको गेटमै रहेको शिखरको सेल मेलामा भारी छुटमा जुत्ताचप्पल खरिद गर्न सक्नेछन्” शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने । मेलामा निशुल्क प्रवेशको ब्यवस्था छ । ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेला ग्राहकको अत्यधिक भिड बढेकाले क्यान मेला अबधिभरलाई थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रसाइले जानकारी दिए ।

शिखरले मेलामा १७५ रुपैयाँमै जुत्ता उपलब्ध गराइरहेको छ । यस्तै २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको जनाएको छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए ।

सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्नेहरुको शिखरको विन्टर मेलामा भिड लागेको छ । मेलामा पुगेकाहरुले सस्तोमा भारी छुटमा पाएपछि झोलाभरि जुत्ताचप्पल किनेर निस्कँदै गरेका देखिन्छन् । अधिकांश मेलामा पुरुषका लागि मात्र जुत्ता चप्पल हुने गरेकामा यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ ।

शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन् । यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले बताइन् । ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन’ उनले भनिन् । मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ ।

शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन् । नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ ।

शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको प्रसाईले बताइन् ।

Logo