गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा महेन्द्रनगरमा वित्तीय साक्षरता प्रदान

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा महेन्द्रनगरमा वित्तीय साक्षरता प्रदान

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले धनुषाको महेन्द्रनगरस्थित वडा नंं ७ मा अवस्थित गंगोत्तरी माध्यमिक इङलिस बोर्डिङ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले सो विद्यालयका विद्यार्थीहरूको वित्तीय जानकारी अभिवृद्धिका लागि डिजिटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार सम्बन्धी जानकारी, सी–आस्वा, बैंकिङ्ग कर्जा, बैंक खाता र बीमालगायत सम्बन्धमा जानकारी दिएको हो ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्य गर्दै आइरहेको छ । यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, ४ वटा विस्तारित काउण्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, लकर सेवा, डिम्याट खाता र मोबाइल बैकिङ्ग सेवाहरू जस्ता आधुनिक बैकिङ्ग सेवाहरू समेत प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा स्कुलका प्रिन्सिपल गणेशकुमार साह र संस्थाका शाखा कार्यालय महेन्द्रनगरको शाखा प्रबन्धक संजोग शर्मा तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo