काठमाडौँ । ७ करोड पर्ने देशकै सबैभन्दा महँगो दाबी गरिएको लक्जरी गाडी BMW X7 xDrive 40i नेपालमा ल्याइएको एक हप्ताभित्र बिक्री भएको छ ।
नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सको एक मात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले यसबारे जानकारी दिएको हो ।
कम्पनीका अनुसार यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।
यस बिक्रीले नेपाली उपभोक्ताबिच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रष्ट रूपमा उजागर गरेको कम्पनीको भनाइ छ।





























प्रतिक्रिया