काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२ः१२ एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ ।
सिप्रदी ट्रेडिङका अनुसार भोलिदेखि ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरू साँट्न सकिने छ ।
यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिक टाटा मोटर्सको देशैभर रहेका शोरुमहरूमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरू पाउन सक्नेछन् ।
यसका साथै यस १२ः१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षका सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।
यस कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ ।





























प्रतिक्रिया