एनसेलले किन घटायो ‘रिचार्ज भ्यालिडिटी’ ? सेवाग्राहीलाई घाटा हाेइन, फाइदैफाइदा

एनसेलले किन घटायो ‘रिचार्ज भ्यालिडिटी’ ? सेवाग्राहीलाई घाटा हाेइन, फाइदैफाइदा

केन्द्रबिन्दु
102
Shares

काठमाडाैं । निजी स्वामित्वको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले पछिल्लो समय रिचार्ज भ्यालिडिटी अर्थात् समयसीमा घटाएको छ । यो तपाईंले पनि थाहा पाउनु भएकै होला ।

उदाहरणका लागि पहिले ग्राहकले ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा एनसेलले ३० दिनसम्मको भ्यालिडिटी उपलब्ध गराउँथ्यो । १००० रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा त्यसको भ्यालिडिटी ७३० दिनसम्म हुन्थ्यो भने अहिले त्यो घटेको छ । अहिले ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा ग्राहकले ७ दिनसम्मको भ्यालिडिटी पाउँछन् भने १००० रुपैयाँ भन्दा बढीको रिचार्जको भ्यालिडिटी ९० दिनका लागि झारिएको छ ।

सधैं अन संचालनमा ल्याएपछि एनसेलले एकदमै सरल प्याकेजहरु दिइरहेकाे छ, जसमा अनलिमिटेड भ्वाइस र डेटा जस्ता सेवा पनि समावेश छन् ।

तर, एनसेलले यस्तो कदम किन चाल्यो ? यसमा के छ त? भन्ने बारेमा ग्राहकमा अन्यौलता पनि देखिन्छ । यो कदम मुख्यतः ग्राहकलाई प्याकमा आधारित सेवाहरू किन्न प्रोत्साहित गर्न केन्द्रित रहेको देखिन्छ, किनकि पेएजयूगो अर्थात ब्यालेन्स राखेर बिना कुनै प्याक सेवा चलाउनु महँगो हुन्छ ।

सेवाको माग सम्बोधन गर्दै सस्तोमा सेवा दिनका लागि एनसेलले १,३,७, २८ दिन अवधि भएका भ्वाइस, डेटा वा दुवै सेवाहरू उपलब्ध गराउँदै आएको छ । यसले ग्राहकहरूलाई सस्तो दरमा सेवा दिन्छ र केही नगरे पनि मेरो ब्यालेन्स सकिन्छ भन्ने चिन्ता रहन्न ।

उदाहरणका लागि रु ५० मा ग्राहकले रु ३० को अनलिमिटेड भ्वाइस प्याक वा रु ५० मा अनलिमिटेड डेटा प्याक लिन सक्छन् । वाईफाई कहाँ पाइन्छ भनेर खोजेर हिँड्न पर्ने टेन्सन रहन्न । कथम कदाचित भ्यालिडिटीभित्रै ब्यालेन्स खपत गरेर सकिएन भने त्यस्तो ब्यालेन्स क्यारी ओभर हुन्छ र पछि ब्यालेन्स रिचार्ज गरेपछि त्यसमा सो बाँकी ब्यालेन्स थपिन्छ ।

ग्राहकहरूले आफूलाई सधैं अन प्याकमा समावेश गरेमा त्यसमा भ्यालिडिटीको समस्या पनि आउँदैन ।

सधैं अन संचालनमा ल्याएपछि एनसेलले एकदमै सरल प्याकेजहरु दिइरहेकाे छ, जसमा अनलिमिटेड भ्वाइस र डेटा जस्ता सेवा पनि समावेश छन् । यो प्याकमा ग्राहकहरूले भ्वाइस र डेटा सेवाहरूको अधिकतम उपयोग गर्न सक्छन् । एनसेलका अनुसार अहिले २० लाख भन्दाबढि ग्राहकले अहिले सधैं अन प्याक प्रयोग गर्दछन् । प्याक किने पछि ग्राहकहरूले आफूले के मा पैसा खर्च गर्दैछु सहजै हेक्का राख्न पनि सजिलो हुन्छ ।

सधैं अनका प्याकहरुमा ग्राहक सुविधाका लागि एनसेलले डेटा र भ्वाइस साटासाट गर्न सकिने सुविधा पनि संचालनमा ल्याएको छ जुन ग्राहकका लागि एकदमै सहयोगी सावित भइसकेको छ । ग्राहकहरूले आफूलाई सधैं अन प्याकमा समावेश गरेमा त्यसमा भ्यालिडिटीको समस्या पनि आउँदैन । ग्राहकहरूलाई एनसेल एपमार्फत टप अप अर्थात ब्यालेन्स रिचार्ज गरेमा आफ्नो भ्यालिडिटी थपिने व्यवस्था पनि रहेको छ ।

एनसेलले युट्युबमा अनलिमिटेड पहुँचको अफर सधैँ अनका प्याकहरूमा बन्डल गरेर प्रदान गरेको हो ।

यस्तो व्यवस्थाले विस्तारै स्क्र्याच कार्डमाथिको निर्भरताबाट डिजिटलमा जान र ग्राहकहरु स्वयंलाई डिजिटल बन्न सहयोगी हुन्छ । एनसेलले डिजिटल टप अप मा भ्यालु थप्दै लैजाने योजना रहेको बताएको छ र अफरहरुमा पनि भ्यालु बढाएको छ ।

उदाहरणका लागि अहिले एनसेलले ग्राहकहरूका लागि जारी नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) स्ट्रिमिङको लागि अनलिमिटेड यूट्युव पनि प्याकमा समावेश गरेको छ, जसले एनपीएलका खेलहरू झन–झन उत्साहजनक भइरहेको बेलामा क्रिकेटलाई अझै रोमाञ्चक बनाउन मदत गरेको छ । एनसेलले युट्युबमा अनलिमिटेड पहुँचको अफर सधैँ अनका प्याकहरूमा बन्डल गरेर प्रदान गरेको हो । करसहित रु ३९९ देखि रु १४९९ सम्मका सबै सधैँ अनका प्याकहरूमा ग्राहकले अनलिमिडेट युट्युबको मजा लिन सक्छन् । यसको मतलब यी प्याक लिने ग्राहकहरूले कुनै थप डेटा शुल्कको चिन्ता नगरी जुनसुकै बेला र जहाँसुकै रोमाञ्चक एनपीएल खेलहरू हेर्न सक्छन् र युट्युबमाथिको निःशुल्क पहुँचको फाइदा लिन सक्छन् ।

यसरी एनसेलले आफ्ना ग्राहक लक्षित गरी एक पछि अर्को उत्कृष्ट अफर ल्याउँदा भ्यालिडिटीको कुनै समस्या नरहने विश्वास व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo