काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताएका छन् ।
आज पार्टीद्वारा आयोजित “नेपालमा जलश्रोतको चुनौती र समाधान” बिषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थ पूर्तिका लागि मात्र नेपालको जलसम्पदा प्रयोग हुने बिषय प्रधान हुन नसक्ने भन्दै पूर्वउर्जामन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता ब्यक्त गरे ।
जलसम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिंचाइको क्षेत्रलाई ओझेलमा पारिएको, राजनीतिक दलहरुमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्युनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाब समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको चर्चा गरे ।
कार्यक्रममा जलश्रोत विज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले चुनौती र समाधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यायले राजीतिकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताए । विदेशीहरुको स्वार्थ केन्द्रित भएर नेपालका दलहरु सकृय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर नभएको उनले चर्चा गरे ।































प्रतिक्रिया