काडमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले पाँचौं नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पाँचौं नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएको छ ।
पौष ५ देखि ७ गतेसम्म भृकुटीमण्डप आयोजना हुने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन्। प्रदर्शनीले नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउँ ल्याएर ब्यापार साझेदारी, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने गर्नेछ ।
उक्त प्रदर्शनीमा देशभरका बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकले बिश्वास लिएको छ ।
उक्त प्रदर्शनीमार्फत विभिन्न विधामा संचालन भएका उद्योग र व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह-आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।
प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।





























प्रतिक्रिया