वैदेशिक रोजगारमा गएकाहरूले गरेनन् नियमित रकम जम्मा

वैदेशिक रोजगारमा गएकाहरूले गरेनन् नियमित रकम जम्मा

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिकहरूले अपेक्षित र नियमित रूपमा रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरे पनि रकम जम्मा गर्नेहरूको संख्या अपेक्षित रूपमा वृद्धि भएको छैन ।

मंसिर अन्तिम हप्तासम्ममा १३ लाख १ हजार ७८ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर वैदेशिक रोजगारमा गएको तर अहिलेसम्म ६० हजार श्रमिकले मात्र योगदान रकम नियमित जम्मा गरेको पाइन्छ ।

सूचीकृत भएका १३ लाख श्रमिकमध्ये ६० हजारले मात्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित रकम जम्मा गर्दै आएका छन् ।

आवद्ध भएका श्रमिकले हालसम्म ३ अर्ब २ करोड ४७ लाख रुपैयाँभन्दा बढी योगदान रकम जम्मा गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

श्रम स्वीकृतिका बेला सूचीकरण भएका १२ लाख ४१ हजार ७८ श्रमिकको योगदान नियमित छैन । योगदान रकम नियमित नभएका श्रमिक समस्यामा पर्दा कोषबाट सुविधा नपाएको गुनासो आउने गरेको छ ।

वैदेशिक रोजगारमा जाने नयाँ वा पुनः श्रमस्वीकृति लिँदा श्रमिकले २०७९ साल मंसिरदेखि सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने नियम रहेको छ ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रमस्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला योजनामा अनिवार्य समावेश हुनुपर्ने प्रावधान छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनु पर्नेछ ।

Skip This
Skip This
Logo