सामुदायिक लघुवित्तको शेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको SLBSL सिम्बलमा कारोबार खुला भएको हो ।
नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि १६८.३७ देखि ५०५.११ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।
आइतबार कम्पनीको १० लाख कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीले मंसिर २ देखि ५ गतेसम्म सर्वसाधारणलाई २ लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको थियो।
कुल योग्य आवेदक २ लाख ५४ हजार ६६७ मध्ये २७ हजार ३०० जना सर्वसाधारणले मात्र सामुदायिक लघुवित्तको आइपीओ हात पारेका थिए ।































प्रतिक्रिया