बर्दघाट । सामाजिक क्षेत्रमा क्रियाशील चौधरी फाउण्डेसनले महिलाहरूलाई वित्तीय सारक्षता तामिल प्रदान गरेको छ । साना तथा स्वरोजगारमूलक व्यवसाय गरिरहेका महिलाहरूलाई व्यवसाय सञ्चालनबारे जानकारी दिने उद्देश्यले वित्तीय साक्षरता तालिम प्रदान गरिएको हो ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । तालिममा १७ जना महिला सहभागी भएको फाउण्डेसनले जनाएको छ । ‘उहाँहरूलाई व्यवसाय कसरी राम्रोसँग सञ्चालन गर्ने, आयव्ययको हिसाबकिताब कसरी राख्ने, विजिनेस म्यानेजमेन्ट स्कीलका बारेमा आधारभूत तालिम दिइएको हो,’ फाउण्डेसले भनेको छ ।
चौधरी फाउण्डेसनले नवलपरासीमा महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न तालिम दिनुका साथै स्वरोजगारमूलक आयआर्जनका कार्यक्रममा सहयोग गर्दै आएको छ । ‘हामीले ठेलागाडा दिनेदेखि विभिन्न सीपमूलतक तालिम दिइरहेका छौँ,’ फाउण्डेसनले भनेको छ, ‘उनीहरूलाई कसरी व्यवसाय राम्रो गर्न सकिन्छ भनेर तालिम दियौँ । उहाँहरू एकदम खुसी हुनुभयो ।































प्रतिक्रिया