दराज १.१ न्यू इयर मेगा सेलमार्फत गर्नुहोस् नयाँ वर्षको स्वागत, २.५ करोड बराबरको भाैचर उपलब्ध गराउने

दराज १.१ न्यू इयर मेगा सेलमार्फत गर्नुहोस् नयाँ वर्षको स्वागत, २.५ करोड बराबरको भाैचर उपलब्ध गराउने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ ।

१.१ न्यू इयर मेगा सेल, १० पौष २०८१ देखि २१ पौष २०८१ सम्म चल्ने जानकारी दिइएको छ । यस मेगा सेल मार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू, र रु. २ करोड बराबरको भाैचरहरू समेत उपलब्ध गराउने बताएको छ ।

दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा रु ४,००० सम्मको छुट प्राप्त गर्न सकिने भाैचर उपलब्ध गराउने जनाएको छ ।

गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

मेगा सेल, केवल छुटहरूमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु. ६९९, रु. ९९९, र रु. १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् ।

दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन्-

११ पौष (बिहीवार) एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।

१२ पौष (शुक्रवार) एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १०% छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

१३ पौष (शनिवार) हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

वर्षको अन्त्यमा सबैका लागि केहि न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोध पनि गरेको छ ।

Logo