नेपाल बैंक र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

नेपाल बैंक र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल बैंक र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको माछापोखरीस्थित बुद्ध मलमा रहेको काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई बिल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई २५ प्रतिशतले छुट हुने भएको छ ।

उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौँ डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

Skip This
Skip This
Logo