प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।

काठमाडौँ महानगरपालिका २८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाडौँ महानगरपालिका ४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई हस्पिटलको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा विभान्ता र हिमाल डेन्टलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणाको संयुक्त हस्ताक्षरबीच सम्झौता सम्पन्न भएको हो ।

Logo