सिटिजन लाइफद्वारा रोशीका ४४७ विद्यार्थीलाई न्यानो लुगा वितरण

सिटिजन लाइफद्वारा रोशीका ४४७ विद्यार्थीलाई न्यानो लुगा वितरण

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सिटिजन लाइन इन्स्योरेन्स कम्पनीले काभ्रे जिल्लाको रोशी गाउँपालिकाका दुई विद्यायका विद्यार्थीलाई जाडो महिनाका लागि ट्र्याक सुट वितरण गरेको छ ।

सिटिजनले मंगल जनविजय माविका ४ सय जना र शान्ति बुद्ध आधारभूत विद्यालयका ४७ जनालाई न्यानो लुगा वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख नायव कार्यकारी अधिकृत दिपबहादुर बिसीले भने, ‘काभ्रेमा गत अस‍ोजमा अविरल वर्षाका कारण क्षति भएको कारण विद्यार्थीमा राहत होस् भन्ने हेतुले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।’ यसले विद्यार्थीको पढाइमा सहज हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि प्रमुख बजार व्यवस्थापक भूषण रिमालले असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले विद्यार्थी भोलिको देशको कर्णधार भएकाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

समाजसेवी शंख बुद्ध लामाले आफू संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बुढेसकालमा बीमा सहारा हुने भएकोले बीमा गर्नुपर्ने कुरामा जोड दिए ।

कम्पनीका एजेन्सी मेनेजर तथा कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।

Skip This
Skip This
Logo