तीन अर्ब लागतमा निर्माणाधीन नेपालगञ्ज विमानस्थलको भवन आगामी पुस मसान्तभित्र सक्ने लक्ष्य

तीन अर्ब लागतमा निर्माणाधीन नेपालगञ्ज विमानस्थलको भवन आगामी पुस मसान्तभित्र सक्ने लक्ष्य

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका छन् ।

शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका हुन् ।

तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ । मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले विसं २०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिए । मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौँ फर्किने छन् ।

Logo