गरिमा म्युचूअल फण्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’का इकाईहरु बाँडफाँड

गरिमा म्युचूअल फण्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’का इकाईहरु बाँडफाँड

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’का इकाईहरु आज बाँडफाँड गरिएको छ ।

गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको गरिमा म्युचूअल फण्डअन्तर्गत गरिमा समृद्धि योजना बन्दमुखी योजनाको बीज पूँजीसहित अंकित मूल्य रु.१०/– दरका १०,००,००,००० (दश करोड) इकाईहरु पुस ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४,६८१ जना आवेदकहरु मार्फत १२,१८,७८,५१० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान सामूहिक लगानी कोष निर्देशिका, २०६९ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाई बाँडफाँड गरिएको हो ।

इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को अधिनमा रही आज बिहान ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार रु. १,२५,००,००,०००/– (अक्षरेपी एक अर्ब पच्चिस करोड रुपियाँमात्र) अर्थात १२,५०,००,००० इकाई कायम गरिएको छ ।

Logo