काठमाडौं । बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरी रेकर्ड कायम गरेको छ ।
गत वर्ष अर्थात सन् २०२३ मा बीवाईडीले संसारभर ३० लाख २४ हजार ४१७ गाडी बिक्री गर्न सफल भएको थियो । यो संख्या सन् २०२२ को तुलनामा ६१.८ प्रतिशत बढी थियो भने अब २०२३ को तुलनामा २०२४ मा ४१.३ प्रतिशत बढी गाडी बिक्री भएका छन् ।
यसरी हेर्दा के पुष्टि हुन्छ भने बीवाईडीले लगातार रुपमा सवारी साधन बिक्रीमा उल्लेख्य प्रगति गरिरहेको छ ।
सन् २०२४ मा बिक्री भएका यी कार मध्ये १७ लाख ६४ हजार ९९२ प्यासेन्जर बीईभी अर्थात ब्याट्री इलेक्ट्रिक भेइकल छन् । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी हो । त्यसैगरी बीवाईडीले २४ लाख ८५ हजार ३७८ पीएचईभी अर्थात प्लग–इन हाइब्रिड भेइकल बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७२।८ प्रतिशत बढी हो ।
समग्रमा २०२४ मा बिक्री भएका बीवाईडीका सवारी साधन मध्ये ४२ लाख ५० हजार ३७० युनिट प्यासेन्जर कार बिक्री भएका छन् भने २१ हजार ७७५ युनिट कमर्सियल सवारी साधन बिक्री गरेको छ ।
बीवाईडीका सवारी साधनमध्ये अधिकांश चीनमै बिक्री भएका छन् । चीन वाहिर यो वर्ष ४ लाख १७ हजार २०४ सवारी साधन बिक्री भएका छन् ।































प्रतिक्रिया