सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

केन्द्रबिन्दु
174
Shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo