नेपाल लाइफद्वारा आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफद्वारा आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ यही पौष १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो ।

यसको न्यूनतम बीमाङ्क रकम ५ लाख र अधिकतम बीमाङ्क रकम एक करोड रहेको छ । यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ ।

यस योजनामा ऐच्छिक सुविधा [एडीबी, एडीबी–पीटीडी–पीडब्ल्यूबी] पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने छ । यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे । जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको बताए ।

यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताए । उनले सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह गरे । कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बीमा योजना छुट्टै बीमालेखको रुपमा पनि लिनुका साथसाथै अन्य ६ वटा योजनामा पुरक करार सुविधाको रुपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरे । यस योजनालाई मुर्तरुप प्रदान गर्न सहयोग गर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरण, एक्युटरी पिार्टमेन्ट तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई ज्ञापन गरे । यो योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना उकृष्ट रहेको र यसले बीमाको दायरा बढाइ हरेक आयस्रोत भएका वर्गमा बीमाको पहूँच पुगाउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न अनुरोध गरे । साथै नेपाल लाइफ जीवन बीमा क्षेत्रको एक अग्रणी संस्था भएकाले आर्थिक जोखिमलाई कम बीमाशुल्कमा बीमितलाई आवश्यक पूर्ण सुरक्षा प्रदान गर्न यो योजना ल्याइएको कुरा प्रकाश पारे । यस किसिमको योजनाले बिमालेखको विविधिकरण गर्दै संस्थालाई स्थायित्व प्रदान गर्र्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

तालिम विभागका प्रमुख रोजेश बस्नेतले यो योजनासँग आधारित प्रस्तुति दिए । उनले यो योजनाका मुख्य विशेषता र यसका फाइदाका विषयहरूमा स्पष्ट पारे । साथै उनले नेपाल लाइफ रक्षा कवच मात्र लिँदा कुन कुन पूरक करार जोड्न मिल्छ भन्ने उदाहरणसहित प्रस्तुतीकरण दिएका थिए ।

Skip This
Skip This
Logo