पिकअप गाडी र ट्रयाक्टरसहित दुई चालक पक्राउ

पिकअप गाडी र ट्रयाक्टरसहित दुई चालक पक्राउ

केन्द्रबिन्दु
69
Shares

रौतहट । रौतहट प्रहरीले किटनाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्रयाक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नं ५ सिया होटल नजिकबाट पिकअप र ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार किटनाशक औषधि लोड गरेको ना २च ७७६१ र गहुँ बोकेको ना २ त १६५० को ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ । ट्रयाक्टर चालक ४५ वर्षका सन्जिप यादव र पिकअप गाडीका चालक ३० वर्षका सुनिल यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

गाडीहरूमा लोड सामनहरू र गाडीमा रहेको बिल बिजकहरू फरक देखिएको हुँदा नियन्त्रणमा लिएको उनले बताए । उक्त सामान, गाडी र चालकहरूलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व करदाता कार्यालय गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नं ४ बस पार्कबाट एक लाख ६० हजारभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार चिनी, मैदा, तिल, तेल लगायतका सामन बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

Logo